
पाेखरा, १७ साउन। कास्कीकाे हेम्जामा प्रधान कार्यालय रहेकाे एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० श्रावणदेखि देशभरका १४८ वटा शाखा मार्फत वित्तीय सचेतना कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम वित्तीय संस्थाको शाखा मार्फत बर्षभरी सञ्चालन गरिने बताइएकाे छ ।
याे वित्तीय सचेतना कार्यक्रमले ग्राहक र समुदायका अन्य ब्यक्तिहरुलाई छलफल, अन्तर्क्रिया, तालिम आदिको माध्यमबाट वित्तीय शिक्षा सम्बन्धि जानकारी तथा सचेतना फैलाउने वित्तीय संस्थाको उदेश्य रहेको जनाइएकाे छ ।
संस्थाले स्थानीय सरकार, गैह्र सरकारी संस्था, तथा अन्तराष्ट्रिय गैह्रसरकारी संस्था लगायत गरिवी निवारणसँग सरोकार राख्ने निकायसँगको समन्वय र सहकार्य गर्नेछ । विभिन्न उत्पादन मुलक बस्तुहरुको पकेटक्षेत्र पहिचान गरी साना ब्यबसायी तथा कृषकहरुलाई ब्यबहारिक र ब्यबसायिक सिप मार्फत उत्पादनमा जोड्ने उद्धेश्य लिएकोे छ ।

यस आर्थिक बर्षदेखि ग्राहकको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उत्पादनसँग जोडेर आफ्नो कर्जा, बचत र अन्य सेवाहरुलाई परिमार्जन गरिएको वित्तीय संस्थाले जानकारी दिएकाे छ ।
यो कार्यक्रमले ग्राहकले उत्पादन र आम्दानीमा बृद्धि गर्न र आर्जन गरेका रकमलाई बचत र लगानीमा लगाई गरिवी निवारणको क्षेत्रमा टेवा पुग्ने वित्तीय संस्थाको उदेश्य रहेको बताइएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




