खुसीको संकेतःफाइजर र वायोएनटेकले कोभिड १९ को खोप प्रयोगमा ल्याउन अनुमति मागे

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । कोरोना भाइरस विरुद्धको खोप बनाईरहेको अमेरिकी औषधी कम्पनी फाइजर र कम्पनीको जर्मन साझेदार वायोएनटेकले कोभिड १९ को खोप प्रयोगमा ल्याउनका लागि अनुमति माग गर्दै निवेदन दिएका छन् ।

कम्पनीका अनुसार आफुले बनाएको खोप प्रभावकारी र राम्रो भएको जिकिर गर्दै सबैको प्रयोगको लागि शुक्रबार अनुमति मागेको हो । गएको एक वर्षदेखि विश्वभरका मानिसलाई कोरोना भाइरसको संक्रमणको कारण मानिसहरुले कष्टकर जीवन बिताईरहेका छन् । यही बिचमा कम्पनीले खोप प्रयोगमा ल्याउनका लागि निवदेन दिएपछि खुसिको संकेत देखिएको छ । खोपका बारेमा अमेरिकी खाद्य तथा औषधी प्रशासन एफडीएले प्रयोगका लागि ठीक छ कि छैन भनेर के निर्णय गर्छ त्यो भने पर्खिनु पर्ने भएको छ ।

यो खोपले ६५ वर्ष माथिको उमेर समूहका मानिसलाई ९४ प्रतिशत जोगाउने क्षमता राख्ने परीक्षणको तथ्यांकले देखाएको छ । बेलायतले यो खोप ४ करोड मात्रा मगाईसकेको अन्तराष्ट्रिय एजेन्सिहरुले जनाएका छन् ।