
काठमाडौं, २४ साउन। एनआइसी एसिया बैंकले पहिल्यै खरिद गरेकाे ३ वटा संस्थाको संस्थापक सेयर बिक्री गर्ने भएको छ।बैंकले सूर्योदय वोमी लघुवित्त, माहुली लघुवित्त र नागरिक लगानी कोषको सेयर अहिले बिक्री गर्ने भएको हो।
बैंकले सूर्योदय वोमी लघुवित्तको ८२ हजार १ सय ५ कित्ता संस्थापक सेयर बिक्री गर्न गोप्य सिलबन्दी आह्वान गरेको छ। उक्त सेयरको न्यूनतम मूल्य २ सय ३७ रुपैयाँ तोकेको छ। सेयर खरिद गर्न न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बताइएकाे छ ।
यस्तै महुली लघुवित्तको ४ हजार ९ सय २० कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने भएको छ। साे सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय ७७ रुपैयाँ ताेकिएकाे छ। खरिद गर्नेले न्यूनतम ५०० कित्ता वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने बताइएकाे छ।
यस्तै एनआइसी एसियाले नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर पनि बिक्री गर्ने भनेको छ। उक्त सेयरको मूल्य प्रतिकित्ता ७ सय ११ रुपैयाँ तोकेको छ। उक्त सेयर खरिदका लागि आज बुधबारदेखि १ साताभित्र आबेदन दिनुपर्ने बैकले जनाएकाे छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




