
काठमाडौं, ७ भदाै । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ ।
संस्थाकाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार साे नाफा कमाउन सफल भएकाे हाे । जाे अघिल्लो वर्षकोभन्दा १७.२२ प्रतिशतले बढी हाे ।
कम्पनीकाे अघिल्लो वर्षकाे साेहि अवधिकाे नाफा रुपैयाँ ५ करोड ८७ लाख रहेकाे थियो । संस्थाकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भने गिरावट भएकाे छ ।
संस्थाकाे खुद ब्याज आम्दानी २.०५ प्रतिशतले घटेकाे छ । यसरी घटेकाे साे आम्दानी रुपैयाँ १ अर्ब २३ करोड रुपैयाँ कायम भएकाे छ । अघिल्लो वर्ष उक्त आम्दानी रुपैयाँ १ अर्ब २६ करोड थियाे ।
सञ्चालन नाफामा ४३.४८ प्रतिशतले घटेर रुपैयाँ १० करोड ३६ लाख रहेकाे छ । संस्थाकाे अघिल्लो वर्षकाे सञ्चालन नाफा रुपैयाँ १८ करोड ३८ लाख थियो । असारकाे अन्त्यसम्म यसकाे इपीएस आम्दानी ७ रुपैयाँ २२ पैसा रहेकाे छ । नेटवर्थ २०७ रुपैयाँ ८८ पैसा रहेकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




