प्राइम कमर्सियल बैंककाे सीईओमा संजीव मानन्धर नियुक्त

-



     सफल आवाज    
     भाद्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ भदाै । प्राइम कमर्सियल बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज बसेको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो। 

प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएलगत्तै मानन्धरले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मानन्धरकाे बैंकिङ्ग यात्रा नेपाल इन्भेष्टमेण्ट बैंकबाट शुरु भएकाे हाे ।

प्राइम बैंक खुलेपछि उनले महाप्रबन्धकका रुपमा काम गर्दै आएका थिए भने साेहि बैंकको कामु सीईओकाे रुपमा पनि काम गरेका थिए ।

मानन्धरसंग झण्डै तीन दशकको बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।