
काठमाडौं, १० भदाै । माण्डु हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि प्रिमियममा सेयर (आईपीओ) खुलाएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा गएकाहरूकाे लागि सेयर निष्काशन गरी बाँडफाँड गरेपछि सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाे हो।
जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशतले २ लाख ७२ हजार ७३० कित्ता प्रतिशेयर १०० रुपैयाँ थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि जारी गरेकाे थियाे । उक्त सेयरमा बिक्ररी नभएकाे ७९ हजार ३० कित्तासहित कुल १३ लाख ६ हजार ३०६ कित्ता जारी गरिएकाे हाे ।
यसमा २८ हजार ८५३ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । सर्वसाधारणले बाँकी रहन गएकाे १२ लाख ५ हजार ३२० कित्ताका लागि आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले बढीमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यसका लागि भदौ १३ गतेसम्म आवेदन दिन पाइनेछ। ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा भदौ २४ गतेसम्म फाराम भर्न पाइनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेकाे छ । यसकाे कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ । यसकाे विद्युत उत्पादनकाे अवधि २६ वर्ष ३ महिना बाँकी छ।
लगानीकर्ताले सेबाेनबाट सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




