नेपाल टेलिभिजनबाट हरेक शुक्रबार ‘वित्तीय साक्षरता’ कार्यक्रम प्रसारण हुने

-



     सफल आवाज    
     भाद्र १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० भदौ । नेपाल टेलिभिजनमा हरेक शुक्रबार साँझ ७:२५ बजे ‘वित्तीय साक्षरता’ कार्यक्रम प्रसारण हुने भएकाे छ । केटिएम भ्वाइस डटकमले संचालन गर्ने उक्त वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुभारम्भको अवसरमा आज आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिमा आएको नयाँ नयाँ प्रयोगसगैं वित्तीय साक्षरताका विषयमा धेरै कुरा गर्न सकिने बताए।

वित्तीय साक्षरता बैकिङ कम्युनिटीका लागि महत्वपूर्ण भएको धारणा राख्दै गर्भनर अधिकारीले कतिपय अवस्थामा बैंकरहरुमै कन्फ्युजन भइरहेको टिप्पणी गरेका थिए ।

गभर्नर अधिकारीले अहिले करिब दुई तिहाई नेपाली नागरिकले मोबाइल बैंकिङ प्रयोग गरिरहेको अवस्थामा सम्पुर्ण बैंकिङ कारोबार नै डिजिटल होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो ५/७ वर्ष यता वित्तीय साक्षरता बढेको जानकारी दिँदै गर्भनर अधिकारी र नेपाल राष्ट्र बैंकको पहलले क्युआर र डिजिटल प्रविधिको प्रयोग उहारणीय रुपमा बढ्दै गएको धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगी व्यवसायीका विचमा बैंकिङ क्षेत्रका विषयमा हुने गरेका नकारात्मक टिप्पणीको प्रतिवाद गर्दै आएको धारणा राख्दै ब्यवसायीमा कन्फिडेन्स लुज भएको बिचार ब्यक्त गरे । साथै अबकाे बैंकिङ कारोबार पुर्ण डिजिटल हुनुपर्ने बिचार ब्यक्त गरे ।

नितीगत र फाइनान्सियल क्राइसिसका कारण कतिपय व्यक्तिले बैंकको पैसा लिएर तिर्नु पर्दैन भनेको प्रति इंगित गर्दै ढकालले बैंकको डिपोजिट भनेको पब्लिकको पैसा हो भनेर बुझाउनु पर्ने अवस्था रहेकाे बताए ।

लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादवले लघुवित्तलगायत बैंकिङ क्षेत्रमा नकारात्मक धारणा पैदा हुनुमा राजनितीक कारण भएको बताउदै राजनितीक दलका माथिल्लो तहका ब्यक्तिहरुलाई नै वित्तीया साक्षरता दिनु पर्ने अवस्थाकाे सृजना भएकाे बताएका थिए ।

वित्तिय साक्षरता कार्यक्रम संयोजक एवं कार्यक्रमका सभापति रोयल आचार्यले नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ मा याे वित्तीया साक्षरता कार्यक्रम प्रशारण हुने बताए । कार्यक्रमकाे पहिलो खण्डमा गाउँ गाउँ गएर वित्तिय साक्षरता अवस्थाबारे बुझ्ने बुझाउने र ति रिपोर्टलाई प्रशारण गर्ने जानकारी दिए ।

त्यस्तै दोस्रो खण्डमा नेपाल राष्ट्र बैंकका अधिकारी, बैंकर तथा बैंकिङ क्षेत्रका विज्ञसँग वित्तिय साक्षरता सम्बन्धी कुराकानी, वार्ता प्रसारण गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा गुणाखर भट्ट, नेपाल डेभलपमेन्ट बैकर्स संघका अध्यक्ष तथा सांग्रिला डेभलपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुयाेग श्रेष्ठ, गरिमा बिकास बैकका प्रमुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैकर्स संघका पुर्व अध्यक्ष गाेबिन्द ढकाल, लगायतका बैकर र संचारकर्मीकाे सहभागिता रहेकाे वित्तिय साक्षरता कार्यक्रमका संयोजक राेयल आचार्यले जानकारी दिए ।