सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित



काठमाडौँ, ११ भदौ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय कायम भएको छ। पछिल्लो ४ दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला १ लाख १० हजार ५ सय ५० कायम भएकाे छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यकाे तुलनामा प्रतितोला ५ ले घटेर १ हजार ४ सय ६० तोकिएको महासङ्घले जनाएको छ।