कन्सल्टेन्सीमा आगलागी, ४५ लाखकाे क्षति

-



     सफल आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ भदौ । ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित एक कन्सल्टेन्सीमा आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सीमा विद्युत् ‘सर्ट’ भई आगलागी भएको जानकारी दिए। आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब रु ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए ।