विद्युत् बिक्री बढेपछि बुद्धभूमि हाइड्रोको नाफामा बृद्धि

-



     सफल आवाज    
     भाद्र १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ भदाै । बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार कम्पनीकाे नाफामा बृद्धि भएकाे देखिएकाे छ ।

कम्पनीले यस अवधिमा १ करोड ११ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । अघिल्लो वर्ष १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा भएकाे कम्पनीकाे विद्युत् बिक्रीमा आम्दानी बढेपछि खुद नाफामा बृद्धि भएकाे हो ।

गत वर्षकाे आम्दानी १ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको थियाे । विद्युत् बिक्रीकाे आम्दानी यो वर्ष १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ भएकाे छ । अन्यबाट कम्पनीकाे आम्दानी ८७ लाख ६७ हजार रुपैयाँ रहेकाे छ ।

असारकाे अन्त्यसम्म आउदा इपीएस आम्दानी २ रुपैयाँ ७८ पैसा रहेकाे छ । नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा रहेकाे छ । कम्पनीकाे चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेकाे छ भने जगेडा कोष ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक देखिएकाे छ ।