
काठमाडौं, १३ भदाै । सुन तस्करी प्रकरणमा नाम मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा प्रहरी नियन्त्रणमा परेका छन् । महरा सीआईबीमा स्वयमं उपस्थित भएका हुन् ।
अाफै सीआईबीमा उपस्थित भएकाे र सुन प्रकरणकाे अनुसन्धानमा प्रहरीलाइ सहजीकरण गर्ने भन्दै राहुलले फेसबुकमा लेखेका छन् – ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएको जानकारी दिएकाे छ ।
भेपमा लुकाएर ल्याएकाे सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकाे अनुसन्धानबाट खुलेपछि प्रहरी महराकाे निगरानीमा थियाे ।
सरकारी वकिल कार्यालयले भने महरा विरुद्ध अहिलेसम्म मुद्दा चलाएको थिएन । चिनियाँ ब्यापारी दावासँग पटक पटक सम्पर्क गरेका राहुल महरामाथि अनुसन्धान नभएको भन्दै जनस्तरबाट सरकारकाे विरोध भइरहेको थियो ।
सीआईबीले हालसम्म सुन प्रकरणमा २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




