
काठमाडौं, १४ भदाै । सन नेपाल लाइफ इन्स्याेरेन्सकाे सेयर (आइपीओ) शुक्रबार भदौ १५ गते बाँडफाँड गरिने भएको छ ।
सेयरकाे निस्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङले भाेलि बिहान ८ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेकाे छ ।
इन्स्याेरेन्सकाे सेयरमा मागभन्दा बढी अर्थात २.३२ गुणा बढी आवेदन परेकोले धेरैकाे हात खालि हुनेछ । से सेयर गोलाप्रथाबाट बाँडफाँड गरिनेछ ।
सेयरमा १५ लाख ७७ हजार ७४४ जना आवेदकले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ता माग गरेका छन् । ७ लाख ६८ हजार जनाले सेयर पाउनेछन् भने बाँकी ८ लाख ९ हजार ७४४ जनाको हात रित्तै हुनेछ ।
सन नेपाल लाइफ इन्स्याेरेन्सले सर्वसाधारणका लागि प्रिमियममा साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता जारी गरेकाे थियाे । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएकाे थियो ।
सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मचेन्ट बैंकिङ रहेकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




