एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं,२६ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकाेमा उपचारको क्रममा निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले जानकारी दिएका छन ।

नेम्वाङको निधनको खबर आए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।

विसं २००९ फागुन २८ गते जन्मेका नेम्वाङले नेपाली राजनीतिमा शालीन, सरल र सबैलाई मिलाएर लान सक्ने नेताको छवी बनाएका थिए ।