
काठमाडाैं, २८ भदाै । नेपाल विद्युत प्राधिकरणले भदौ २९ गते शुक्रबार र भदौ ३० गते शनिबार उपत्यकाका विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुन सक्ने भएकाेले साेहि अनुसार व्यवस्थापन मिलाउन प्राधिकरणले सबैमा जानकारी गराएकाे छ । प्राधिकरणले प्रकाशित गरेर याे जानकारी दिएकाे हाे ।
प्राधिकरणले जारी गरेकाे सूचना अनुसार शुक्रबारकाे दिनमा काठमाडाैंकाे कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङरोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के ३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरु (थापाथली, सुन्धारा र के २) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म प्रभावित हुने जानकारी दिइएकाे छ। पिक लोडको बेलामा केही समयका लागि विद्युत कटौती हुन सक्ने जनाइएकाे छ।
शनिबार पाटन सबस्टेसनबाट आपूर्ति भइरहेका पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रभावित हुने र पिक लोडको बेला केही समय विद्युत कटौती हुने प्राधिकरणकाे सूचनामा जनाइएकाे छ।कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङरोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरु (थापाथली, सुन्धारा र के २) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछन् ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी, लाइन १३२ के.भी. मा चार्जिङकाे काम भइरहेकाे छ।
प्रथम चरणमा टेकू सबस्टेसनमा एक थान १३२/११ के.भी, ४५ एम.भी.ए ट्रान्सफर्मर चार्ज गर्न स्युचाटार तथा टेकू सबस्टेसनमा हाल ६६ के.भी मा चार्ज रहेको स्विचगियर हटाउन, कन्डक्टर परिवर्तन तथा स्थानान्तरण गरिदैछ । टेकूमा प्रसारण लाइन तर्फको तीन ईएचभी केलब टर्मिनेशन गर्न तथा टेकू–स्युचाटार लाइन १३२ के.भी.मा चार्ज गर्न स्युचाटार–पाटन, स्युचाटार–टेकू तथा स्युचाटार–के ३ ६६ के.भी. प्रसारण लाइन सटडाउन गर्नुपर्ने प्राधिकरणले जानकारी गराएकाे छ। यसकाे कारण यी दिनहरुमा विद्युत आपूर्ति बन्द हुने जनाइएकाे छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



