
काठमाडौं, १० असोज । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सेप्टेम्बर २७ आज विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ । राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २७ का दिन अन्तर्राट्रियस्तरमा दिवस मनाउन थालिएको हो ।
विशेषगरी विश्व शीतयुद्धको समाप्त भएपछि संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत सङ्घको तर्फबाट यस किसिमको घातक हतियार नष्ट गरेसँगै विश्वमा आणविक हतियारको सङ्ख्या उल्लेखनीय मात्रामा कमी भएको छ । राष्ट्रसङ्घका अनुसार अहिले पनि विश्वभर करिब १२ हजार पाँच सय १३ आणविक हतियार रहेका छन् ।
यसैगरी विश्वका करिब आधा जनसङ्ख्या आणविक हतियार भएका मुलुक र हतियार हुने देशको मोर्चासम्बद्ध देशमा बसोबास गर्दछन् । आणविक हतियारका कारण अकल्पनीय धनजनको क्षति हुनबाट जोगाउन र वातावरणसहित पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने मूल उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
यस दिवसका अवसरमा आणविक हतियार उन्मूलनका सन्दर्भमा विश्वभर व्यापक प्रचारप्रसारसहित प्रतिबद्धता जनाउने गरिन्छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




