
काठमाडौं, ११ असाेज । सरकारले काठमाडाैं उपत्यकामा आज सार्बजनिक बिदा दिएपछि अब सेयरबजारकाे काराेबार तीनदिनपछि मात्र खुल्ने भएकाे छ ।
साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार काठमाडाैं उपत्यकामा दिइएकाे बिदाकाे कारण सेयर बजार बन्द हुनेछ । शुक्रबार सेयरकाे काराेबार हुँदैन भने शनिबार बिदा भएकाेले अब सेयर बजारकाे काराेबार आइतबार असाेज १४ गते हुनेछ ।
असोज ११ गते इन्द्र जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकोले काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालय तथा सेयर बजार, बैंक र वित्तीय संस्थाहरूकाे काराेबार बन्द हुने भएका छन् ।
यसअघि बुधबार नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा झरेको थियाे । नेप्सेमा ०.९१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२९ अंकले घटेर ३८२.९४ विन्दुमा पुगेको थियाे ।
७० लाख ६१ हजार ४०४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको थियाे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




