
काठमाडाैं, १० मङ्सिर । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उहाँलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधबार बिहान ३.३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिएका छन् ।
पार्टीका शिर्ष रणनितिकार समेत मानिने ७१ बर्षिय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो । उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो । नोभेम्बर १५ देखि उनको अवस्था विग्रिदै गएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनु भएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्माको शान्तिका लागि कामना गर्दछु ।” उनको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन् ।
आफुहरुप्रति सहानुभूती प्रकट गर्नेहरु सवैलाई छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोनाभाइरसका बारेमा हेल्चक्र्याई नगर्न पनि सवैलाई आग्रह गरेका छन् । स्वर्गिय पटेल गुजरातबाट अहिले पनि राज्य सभा सदस्य थिए । योसँगै उनी आठ पटक सांसद भएका थिए । ती मध्ये पाँच पटक राज्य सभामा र तीन पटक लोकसभामा निर्वाचित भएका थिए । भारतीय राष्ट्रिय काँग्रेसका उनी अहिले कोषाध्यक्ष रहेका थिए । अहिले उनकाे तेस्रो कार्यकाल चलिरहेको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




