
काठमाडौं, १६ असाेज । शिव श्री हाइड्रोपावरले असोज २५ गते साधारण सभा डाकेकाे छ ।
कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि प्रस्तावित एजेण्डा पारित गर्न सभा डाकेकाे हाे । साधारण सभा, यती इभेन्ट्स एन्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।
सभामा कम्पनीले हाल कायम रहेकाे चुक्ता पुँजीकाे शतप्रतिशत १ः१ काे रेसियाेमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाइ सभामा प्रस्तुत गर्नेछ ।
यस्तै कम्पनीको ठेगाना परिवर्तन, चुक्ता पुँजी वृद्धि गर्नका लागि प्रबन्धपत्र र नियमावली संशोधनकाे प्रस्ताव लगायतका एजेण्डाहरु रहेका छन्।
कम्पनीका अनुसार साधारण सभा प्रयोजनका लागि असाेज १७ गते बुधबार बुक क्लोज गरिने भएकाे। सभामा सहभागि हुनका लागि आजसम्म सेयरधनीहरुले नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



