
काठमाडाैं, १६ असाेज। एनआइसी एशिया बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएकाे छ । लाभांश घोषणा गर्दै साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेकाे एनआइसीकाे नेप्सेमा सेयरमूल्य समायोजन भएको हाे । नेप्सेले सुचना जारी गर्दै बैंकको सेयरमूल्य समायोजन भएको बताएकाे छ ।
यसअघि २९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको एनआइसी एशिया बैंककाे समायोजित सेयरमूल्य प्रतिकित्ता ५९०.३१ रुपैयाँ कायम भएको छ । यस बैंकको दोश्रो बजारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७६१.५० रुपैयाँ रहेको थियो ।
सेयरमूल्य समायोजन हुँदा पनि दोश्रो बजारमा एनआइसी एशियाकाे मूल्य नेपालका वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा बढी हुने भएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




