बन्दीपुर केबलकार लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच शेयर रजिष्ट्रार सम्झौता

-



     सफल आवाज    
     असाेज १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ असोज। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

साे सम्बन्धि सम्झौतापत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिवप्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुने बताइएकाे छ ।