सन् २०२५ काे अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुल्ला

-



     सफल आवाज    
     असाेज १८ गते २०८० मा प्रकाशित



काठमाडाैं, १८ असाेज । सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेकाे छ । अमेरिकी दूतावासले एक सूचना जारी गरेर बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन खुल्ला गरिएकाे जानकारी दिएकाे हाे ।

आजबाट खुलेकाे डिभिका लागि नाेभेम्बर ७ अथवा कात्तिक २१ गते राति १० बजेर ४५ मिनेटसम्म आवेदन दिन पाइने दुतावासले जनाएकाे छ । यसका लागि निःशुल्क फाराम भर्न सकिने दूतावासले बताएकाे छ ।

डीभी आवेदन भर्दाखेरि फाेटाे पछिल्लाे ६ महिनाभित्रकाे हुनुपर्ने जनाइएकाे छ । अघिल्लो वर्षमा खिचिएको वा प्रयोग भएकाे फोटो यस वर्षको आवेदन भर्दा प्रयोग नगर्न दुतावासले सुझाएकाे छ । फोटो खिच्दा आवेदकले चश्मा लगाएर नखिच्न दूतावासले सूचनामा भनेकाे छ ।

डीभीको भर्ने माध्यम अनलाइनबाट फाराम भरेर हाे । अविवाहित भए एकजनाकाे र विवाहित भए पत्नि, छाेराछाेरीकाे विवरण भर्नुपर्छ । आवेदनमा पति–पत्नी र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानहरू जानकारी राख्न अनिवार्य गरिएकाे छ ।

दुतावासले जनाए अनुसार याेग्य आवेदकहरूबाट निष्पक्ष रूपमा छनाे गरिनेछ। आवेदन एक व्यक्तिले एउटा मात्र बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाएमा साे आवेदन अयोग्य ठहरिने जनाएकाे छ ।

याे पटक छनाेट भएकाहरूले सन् २०२५ काे सेप्टेम्बर ३० सम्म आप्रवासी भिसाकाेलागि आवेदन दिनुपर्नेछ । डिभी कार्यक्रम २०२५ काे  छनाेट वर्ष २०२४ काे मे महिनामा गरिने दुतावासले जनाएकाे छ ।