
फाइल तस्बिर
काठमाडौं, २१ असोज । सरकारले आजदेखि सुपथ मूल्य पसल शुरू गरेकाे छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले दशै तिहारलाइ लक्षित गर्दै काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेकाे हाे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको बताइएकाे छ।उक्त सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम-पूर्व मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, र रुकुम-पश्चिममा सुपथ पसल सञ्चालन हुने भएका छन ।
यस्तै रोल्पा, सुर्खेत, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल रहनेछन् ।
उक्त सुपथ मुल्य पसलबाट उपभोक्ताले बिभिन्न ब्राण्डका चामल, दाल, गहुँ, आटा, पीठो र तेल किन्न पाउने छन् । कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोका समेत त्यहाँ बिक्री वितरण हुनेछन् । यस्ता उपभोग्य सामग्रीकाे किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




