
काठमाडाैं, १२ मंसिर । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोसेफ बाइडनलाई शुभकामना सन्देश पठाउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई व्यक्त गरेका छन्।
आफ्नो शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले चीन अमेरिका सम्बन्ध स्वस्थ र स्थिर रुपमा विकसित पार्नु नै दुवै देशका जनताको मूलभूत हितसँग अनुकूल मात्र नभई समस्त अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा रहेको औँल्याए ।
दुवै पक्षले सहमति र सामञ्जस्यता बनाउने, एकले अर्काको सम्मान गर्ने र सहकार्यमार्फत साझा जित हुने भावनालाई कायम राख्नुका साथै दुवै देशको सम्बन्धलाई स्वस्थ र स्थिर रुपमा अघि बढाउँदै जाने आशा पनि राष्ट्राध्यक्ष सीले आफ्नो सन्देशमा व्यक्त गरेका छन्।
चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानले कमला हारिसलाई शुभकामना सन्देश पठाउँदै अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई व्यक्त गरेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




