क्लाइमेट फन्डको करिब ३ अर्ब ३२ करोड ऋण लिदै ग्लोबल आईएमई बैंक

-



     सफल आवाज    
     असाेज २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ असोज। देशकै अग्रणी बैक, ग्लोबल आईएमई बैंक लिमिटेडले क्लाइमेट फन्डको करिब ३ अर्ब ३२ करोड ( २५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ । स्वच्छ ऊर्जामा लगानी गर्नका लागि बैकले साे ऋण लिन लागेको जनाएको छ ।

बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने बताएकाे छ । यस सम्बन्धमा दुईपक्षबीच सहमतीपत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान भइसकेको बैंकले जनाएको छ ।

साे ऋणबाट बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्ने र बैंकलाई नवीकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने बैंकले बिश्वास लिएकाे छ।