
काठमाडौं, ३० असाेज। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासिक फाइनान्सियल रिपाेर्ट बुझाउने म्याद १० दिन थप गरेको छ ।
नेपालमा संचालनमा रहेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले हरेक त्रैमासको महिना सकिएकाे मितिले ७ दिनभित्र अनअडिटेड फाइनान्सियल रिपाेर्ट राष्ट्र बैंकमा बुझाउनुपर्ने नियम थियाे ।
पहिलो त्रैमासिक वित्तीय विवरण कात्तिक ७ गतेभित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था भएकाेमा त्याे समयमा दशै पर्वकाे बिदा परेकाेले बैकहरूकाे सहजताका लागि यसपटक समय थप गर्दै कात्तिक १७ गतेसम्म पुर्याइएको नेपाल राष्ट्र बैंकले सुचनामा जनाएकाे छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



