आरएसडिसी लघुवित्तकाे नाफामा सुधार, ईपीएस कति ?

-



     सफल आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ कार्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्थाकाे नाफा बढेकाे छ । संस्थाकाे प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा सुधार भएकाे देखिएकाे छ।

यस अवधिमा संस्थाकाे खुद नाफा ६.६५ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको असोजसम्ममा ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे ।

यस चालु आर्थिक वर्षको सोही अवधिमा ४ करोड ७ लाख रुपैयाँ खुद नाफा भएकाे छ। खुद ब्याज आम्दानी घटेकाे देखिन्छ भने इम्पेरमेन्ट चार्ज रिभर्स भएकाेले नाफामा सुधार भएकाे हाे ।

संस्थाकाे ब्याज आम्दानी १०.९६ प्रतिशतले घटेकाे छ । खुद फि र कमिशन ५४.५९ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी भने १४.८५ प्रतिशतले घटेको छ । संस्थाकाे सञ्चालन मुनाफामा ६.४४ प्रतिशतले बृद्धि भएकाे छ।

वित्तीय विवरण अनुसार असोजसम्ममा वितरण योग्य मुनाफा १० करोड १३ लाख रुपैयाँ रहेको छ। इपीएस घटेकाे छ । प्रतिशेयर आम्दानी २४ पैसा घटेर १८ रुपैयाँ ७६ पैसा कायम भएकाे छ। मूल्य आम्दानी अनुपात २९.७ गुणा हुँदा नेटवर्थ १२६ रुपैयाँ ९३ पैसा रहेको छ।

यस अवधिमा चुक्ता पूँजी ८ प्रतिशतले बढेर ८६ करोड ९५ लाख रुपैयाँ रहेकाे छ। जगेडामा ७.८८ प्रतिशत रहेकाे छ । सापटी ९.०५ प्रतिशत रहेकाे छ भने कर्जा ४.८२ प्रतिशतले बढेको छ।