
काठमाडौं, १० कात्तिक। हाल संचालनमा रहेका सबै बैंक तथा बित्तीय संस्थाहरू आजदेखि सुचारू भएका छन । आजबाट सार्वजनिक बिदा सकिएकाले बैंकहरू सुचारू भएका हुन।
दशैंकाे बिदामा केही बैकका शाखाहरू खुलेका भएपनि अधिकांश बैकहरू बन्द थिए । खुल्ला भएसँगै बैकहरू यतिबेला फाइनान्सियल रिपाेर्ट बनाउने चटाराेमा छन ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासिक फाइनान्सियल रिपाेर्ट बुझाउने म्याद १० दिन थप गरेकोले बैंकहरूले कात्तिक १७ गतेसम्म रिपाेर्ट बुझाउन पाउनेछन ।
संचालनमा रहेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यसअघि हरेक त्रैमासको महिना सकिएकाे मितिले ७ दिन भित्र अनअडिटेड फाइनान्सियल रिपाेर्ट राष्ट्र बैंकमा बुझाउनुपर्ने नियम थियाे।
दशैकाे बिदाका कारण बैकहरूकाे सहजताका लागि यसपटक समय थप गर्दै कात्तिक १७ गतेसम्म पुर्याइएको थियाे । त्यसैले अबका केहिदिनमा सबै बैकका फाइनान्सियल रिपाेर्ट सार्वजनिक हुनेछन ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




