एनआईसी एशिया ग्रोथ फण्डकाे बुकक्लोज मिति ताेकियाे

-



     सफल आवाज    
     कार्तिक १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । एनआईसी एशिया बैंककाे म्युचुअल फण्ड अन्तर्गत रहेकाे एनआईसी एशिया ग्रोथ फण्डकाे लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोजकाे मिति ताेकिएकाे छ।

फण्डका अनुसार यही कात्तिक २२ गते बुकक्लोजकाे मिति ताेकिएकाे छ । इकाईधनीहरुले कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले मात्रै फण्डबाट वितरण गरिने लाभांश प्राप्तिका हकदार हुनेछन्।

फण्डकाे गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई १०.५० प्रतिशत लाभांश वितरण गरिने यसअघि घोषणा गरिएकाे थियो। यस फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कोष प्रबर्धकमा एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।