
काठमाडौं, १७ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ ।
बैंकले सार्वजनकि गरेको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा ३.९१ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब १६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । यता कर्जा लगानी भने ०.२७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५७ अर्ब ३७ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
बैंकको खराब कर्जा २.२८ प्रतिशतले वृद्धि भई ४.३८ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने २४ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




