
जाजरकोट, १८ कात्तिक गए राति पाैने १२ बजे गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जना र रुकुम पश्चिममा ३६ जनाकाे मृत्यु भएकाे छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएकाे विवरण प्राप्त भएकाे छ । रातिको समयमा भुकम्प गएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भएको बताइएकाे छ ।
प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्याएको छ ।
भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट राती नै उद्धार टोली परिचालन गरिएको छ ।
जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।
भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ। सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ ।
रुकुम पश्चिममा ३६ भन्दा बढीको मृत्यु
गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले बिहानसम्मको विवरण अनुसार ३६ जनाको मृत्यु भएको छ भने ५५ जना अस्पतालमा भर्ना भएको समाचार प्राप्त भएकाे छ ।
रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
’शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियाे ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




