
काठमाडौं, २३ कात्तिक । एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे।
विश्व बैंक, एशियाली विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेको भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गरे।
उनले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो बिकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिए। उनले बैंकहरूले डिजिटल बैकिङमा जाेड दिन समेत आग्रह गरे।
एसियन बैंकर सङ्घका अध्यक्ष युजेन एसभेडोले एसियन मुलुकको समग्र अर्थतन्त्रको दिगोपनाका लागि सहकार्यका साथ प्रभावकारी योजना कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो औंल्याए । उनले एसियाली बैंकको आगामी रणनीतिबारे अवधारणा बनाउन सम्मेलनले मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
नेपाल बैंकर सङ्घका अध्यक्ष सुनील केसीले नेपालमा पहिलो पटक आयोजना भएको एसियन मुलुकका बैङकका सिइओसहितको सम्मेलनले नेपाली बैंकिङ क्षेत्रलाई चुनौतिपूर्ण परिस्थितिबाट उठेर आगामी दिनमा कसरी प्रभावकारी भूमिका खेल्नेभन्नेबारे दीर्घकालीन रणनीति तय गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङघको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनमा सदस्य १८ देशका ६० भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिको सहभागीता रहेकाे छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




