बिहिबार अत्यावश्यक काममा बाहेक गाडी लिएर ननिस्कन प्रहरीकाे अनुराेध

-



     सफल आवाज    
     मंसिर ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ मंसिर ।  काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहिबार काठमाडौंमा दुइ अलग अलग समूहले गर्न लागेकाे विराेध प्रदर्शनलाई मध्येनजर गर्दै अत्यावश्यक काममा बाहेक गाडीहरू लिएर बाहिर ननिस्कन अनुराेध गरेकाे छ । कार्यालयले एक सूचना जारी गरेर सर्वसाधारणलाई यस्ताे अनुरोध गरेको हाे ।

बिहिबार काठमाडाैंका बिभिन्न स्थानबाट विभन्न समूहहरूले र्यालि तथा जुलुस निकाल्ने र विराेध प्रदर्शन गर्ने यसअघि नै बताइसकेका थिए । प्रदर्शनकाे कारण सवारी आवागमनमा असहजता सिर्जना हुने भएकाेले यसतर्फ ध्यान दिन अनुराेध गरिएकाे छ ।

बिहिबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंले संभवत: बल्खुबाट विराेध र्रयाली शुरू गर्नेछन् । उता एमालेको युवा संघ नेपालले काठमाडाैंकाे काेटेश्वरमा प्रदर्शन गर्ने भएकाे छ ।

प्रदर्शनकेा कारण हुन सक्ने घटनाकालाइ लिएर उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले महत्वपूर्ण प्रशासनिक क्षेत्रहरूमा निषेधित क्षेत्र घाेषणा गरिसकेका छन् ।

सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गरेर जानकारी लिन ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ । साथै ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको बारेमा जानकारी लिन आग्रह गरेको छ ।