एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिने म्याद थप

-



     सफल आवाज    
     मंसिर ७ गते २०८० मा प्रकाशित



काठमाडाैं, ७ मंसिर । एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद मंसिर १८ गतेसम्म थप गरिएकाे छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि साे इकाई निष्काशन तथा बिक्रीमा ल्याएकाे थियाे ।

क्यापिटलले ताेकिएकाे मितिभन्दा अगाडी सबै इकाईका लागि आवेदन पेश भएमा सूचना दिएर निष्काशन बन्द गरिने क्यापिटलले जानकारी गराएकाे छ।

यो एक बन्दमुखी योजना हो। ७ वर्ष अवधिको फण्डको इकाईमा सेबाेनबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।

क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याइएको हो। बिक्रीमा ल्याइएकाे कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १ करोड ५० लाख इकाई कोषकाे प्रवर्धक रहेकाे एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएकाे छ । त्यसबाट बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ ।

लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले साे फण्डमा घटीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म आवेदन दिन सक्ने भएका छन्।

बिक्री खुला गरिएकाे अविधभित्र ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्नका लागि आवेदन परेमा इकाईको बाँडफाँड गरिने भएकाे छ। तर न्यूनतम संख्यामा साे इकाई बिक्री नभएमा योजना खारेज हुनेछ भने १५ दिनभित्र लगानीकर्ताकाे रकम फिर्ता गरिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।