
काठमाण्डौं, ८ मंसिर । लायन्स क्लब्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको दोस्रो क्याविनेट मिटिङ आजबाट पाेखरामा शुरु भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्टमध्ये सक्रिय यस डिष्ट्रिक्ट ३२५ के नेपालको लायन बर्ष २०२३-२४ को दोस्रो क्याविनेट मिटिङ आज शुक्रबार पाेखरा पार्टी प्यालेसकाे सभाकक्षमा दिउसाे ४ बजेदेखि शुरु भएको हो। त्यसैगरि भोली शनिवार पाेखरा सभागृहमा बिहान ८ बजेबाट प्लेनरी शेसन शुरू हुने डिष्ट्रिक्ट गभर्नर लायन सुचित्रा थापाले बताइन ।

उक्त क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करिब १ हजार भन्दा बढी लायन्स लिडर तथा सदस्यहरुको सहभागिता रहने बताइएको छ । गएराती अबेरसम्म करिब १००० हाराहारी लायन्सहरुले क्याविनेट मिटिङमा सहभागी हुन नाम दर्ता गराइसकेको दोस्रो क्याविनेट मिटिङका संयाेजक बसन्त गिरीले जानकारी दिएका छन ।
सबैकाे सहभागिता र सहकार्यले डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको दोस्रो क्यविनेट मिटिङ पुर्ण सफल हुने बताइएकाे छ । दोस्रो क्याविनेट मिटिङको होस्ट क्लबका रुपमा विभिन्न ४ वटा क्लबहरुले जिम्मेवारी पाएका छन् । लायन्स क्लब अफ पोखरा सुन्दरनगरी, लायन्स क्लब अफ पोखरा युनिटि चौतारी, लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटि र लायन्स क्लब अफ डाईनामिक क्लबहरूले होस्ट गरेका छन् ।

कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न ५१ सदस्यीय मुल आयोजक समिती र ७ सदस्यीय सल्लाहकार समिती गठन गरि विभिन्न बिधाका समिती गठन गरि क्याबिनेट मिटिङ्गको तयारी अगाडि बढाईएको मुल आयोजक समितिका सह संयोजक मदन केसिले बताए । दोस्रो क्याविनेट मिटिङमा लायन्स क्लबले यस बर्षको कार्यकाल सुरू गरेपछि सम्पादन गरेका हालसम्मका कार्यकाे समिक्षा गरिएकाे थियो ।
नेपालमा रहेका १५ डिस्ट्रिक्ट मध्ये यस डिष्ट्रिक्टका पुर्व गभर्नर लायन बालकृष्ण बुर्लाकोटी अन्तराष्ट्रिय डाइरेक्टरकाे जिम्मेवारीमा रहेकाले याे डिस्ट्रिक्टलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लायन्सले बिशेष महत्वका साथ हेरेका छन ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




