
काठमाडाैं, १० मंसिर । सर्वोत्तम सिमेन्ट लिमिटेडले मंसिर ६ गतेदेखि बुक बिल्डिङ्ग प्रक्रियाबाट पहिलोपटक बिक्रीमा ल्याएकाे सेयर (आइपीओ) मा बोलकबोल पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले संस्थागत लगानीकर्ताहरुका लागि सेयर खुलाएकाे हाे ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट जारि गर्ने अनुमति लिएकाे थियो। यसमा २४ लाख कित्ताकाे शुरु बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ।
कम्पनीले परिमार्जित बिक्री मूल्यको सीमामा रहेर बोलकबोलबाट सेयर बिक्री गर्न लागेको जनाएकाे छ । यसका लागि लगानीकर्ताले पहिले ताेकिएकाे मिति मंसिर १० गते आजसम्म बोलकबोल पेश गर्न सक्ने भएका हुन्।
सर्वोत्तम सिमेन्टको उद्योग नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको छ। यसले ०७१ फागुन १ गतेदेखि सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ। यसकाे प्रतिदिन उत्पादन क्षमता ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।
कम्पनीको कुल लागत ११ अर्ब ८७ करोड १ लाख १४ हजार ७०७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सार्वजिनक भएकाे वित्तीय विवरणका अनुसार निर्माण अवधिको ब्याजसहित कुल लागत १२ अर्ब ७९ करोड ५७ लाख ६० हजार २६३ रुपैयाँ रहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसकाे सहायक निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन्।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




