सांग्रिला र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर ११ गते २०८० मा प्रकाशित



काठमाडाैं, ११ मंसिर । सांग्रिला डेभलपेमन्ट बैंक र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ। दुबै बैंकले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्जले दुबैको शेयरमूल्य समायोजन गरेको जनाएकाे छ ।

सांग्रिला डेभलपेमन्ट बैंकको शेयरमूल्य समायोजन गरेर प्रतिकित्ता २८० रुपैयाँ ९५ पैसा कायम भएकाे छ। बैंकले ५ प्रतिशत बोनश वितरण गर्ने जनाएकाे थियाे । बैंककाे बुकक्लोजसँगै नेप्सेमा शेयरमूल्य समायोजन गरिएको हो।

अर्काे शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि समायाेजन भएकाे छ । नेप्सेले शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३५२.९४ कायम गरेको जनाएकाे छ। बैंककाे १०.५० प्रतिशत बोनस शेयर वितरण गर्नका लागि बुकक्लोज गरिएकाे थियो।

आज सोमबार दुबै बैंककाे समायोजन गरिएकाे मूल्यमा शेयर कारोबार खुलेकाे छ।