
काठमाडाैं, ११ मंसिर । ग्लोबल आइएमई बैंकले ३५१औं शाखा बैतडीमा खाेलेकाे छ । बैतडी जिल्लाकाे पाटन नगरपालिका वडा नं. ६ काे पाटनबजारमा शाखा खाेलिएकाे बैंकले जनाएकाे छ ।
बैंकको नयाँ शाखाकाे पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन्। साे अवसरमा रावलले बैंककाे शाखा बिस्तारले पाटन क्षेत्रका बैंककाे सहज पहुँचमा नपुगेका जनताका लागि सहयाेग पुग्ने विश्वास व्यक्त गरे ।
यसअघि ३५० शाखा रहेकाे बैंककाे बैतडीमा खाेलिएकाे नयाँ शाखासँगै बैंकका शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । बैंकका देशका ७७ वटै जिल्लामा शाखा रहेका छन् । यसरी शाखा रहेकाे बैंक नेपालकाे नीजि क्षेत्रको पहिलो वाणिज्य बैंक हाे ।
बैंकका ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन् । यसका ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० बढी सेवा केन्द्रहरूबाट ४५ लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेका बैंकले जनाएकाे छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




