नबिल बैंकले पायाे ३ अर्बको ऋणपत्र बिक्रीकाे अनुमति

-



     सफल आवाज    
     मंसिर १२ गते २०८० मा प्रकाशित



काठमाडाैं, १२ मंसिर । नबिल बैंकले “नबिल डिबेञ्चर २०८७” निष्काशन गर्न लागेको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई रूपैयाँ ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएकाे हाे।

बैंकले मङ्सिर १० गते एक हजार रुपैयाँ अङ्कित दरकाे ३० लाख इकाई ऋणपत्र निष्काशन गर्नका लागि अनुमति पाएको हो । ९ प्रतिशत ब्याजदर भएको ऋणपत्रकाे अवधि सात वर्षकाे रहेकाे छ । कम्पनीले ३० लाख कित्ताबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता निजी तवरले बिक्री गर्नेछ ।

बाँकी हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिने जनाइएकाे छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।