
किएभ, १५ मङ्सिर । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ ।
किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा युक्रेनको सङ्घर्षशील ऊर्जा ग्रिडमा व्यवस्थित हमलाका लागि रुसी सेनाले ड्रोन र क्षेप्यास्त्र जम्मा गरिरहेको छ ।
दक्षिणी क्षेत्रमा १८ ड्रोन र एउटा क्षेप्यास्त्र खसाएको दाबी गर्दै हवाई सेनाले भनेको छ, “समग्रमा दुश्मनले दुई वटा एक्स–५९ क्षेप्यास्त्र र २५ शाहिद–१३६/१३१ आक्रमणकारी ड्रोनको प्रयोग गरेको थियो ।”
अघिल्लो जाडोयाममा युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी हमलाका कारण लाखौँ मानिस लामो समयसम्म जाडो र अन्धकारमा बसेका थिए ।
किएभले पश्चिमी हतियारका साथ उसको हवाई रक्षा प्रणालीहरूलाई बलियो बनाएको छ । यद्यपि उसले कमजोर क्षेत्रका लागि थप हतियार आवश्यक परेको स्वीकार गरेको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




