
काठमाडाैं, १७ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले तिर्नुपर्ने बाँकी रहेकाे बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई लाइसेन्स खारेज गर्नेसम्मकाे चेतावनी दिएको छ।
प्राधिकरणले एक सूचना जारि गरी सात दिनभित्रमा सम्पर्कमा आउन आग्रह गरेकाे छ । साे अवधिमा सम्पर्रकमा नआए लाइसेन्स खारेजीकाे प्रक्रियामा जाने चेतावनी दिएकाे हाे ।
पटक पटक सूचना जारी गर्दापनि सेवा प्रदायक कम्पनीहरूले बेवास्ता गरेकाे र सम्पर्कमा नआएले अन्तिम पटक ७ दिनको म्यादभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएकाे हाे ।
कम्पनीहरूले सरकार र प्राधिकरणकाे नियम अनुसार बुझाउनु पर्ने वित्तिय विवरण, रोयल्टी शुल्क र ग्रामीण दूरसञ्चार विकास कोषको रकम ताेकिएकाे समय नबुझाएकाेले प्राधिकरणले सूचना जारि गर्नु परेकाे जनाएकाे छ ।
प्राधिकरणले ताेकिएकाे अविधभित्र कम्पनीहरु सम्पर्कमा नआए उनीहरुलाई दिइएकाे लाइसेन्स खारेजीकाे प्रक्रियालाई अगाडि बढाइने सूचनामा जनाएकाे छ।
प्राधिकरणकाे सूचना यहाँ छ
दूरसञ्चार सेवा प्रदायकहरुलाई प्राधिकरणमा सम्पर्क गर्न आउने सम्बन्धि सूचना ।
प्रथम पटक प्रकाशित मिति: २०८०/०८/१७
यस प्राधिकरणबाट दूरसञ्चार सेवा संचालनको लागी अनुमतिपत्र प्राप्त देहायका सेवा प्रदायकहरुले विगत केहि वर्ष देखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा यो सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचना मार्फत जानकारी गराइन्छ । साथै उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




