
काठमाडाैं, २० मंसिर । मितेरी डेभलपमेन्ट बैंकले लाभांशकाे प्रस्ताव पारित गर्न पुस १४ गते १८औँ वार्षिक साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे हाे ।
सभाबाट ९.५० प्रतिशतका दरले बोनस तथा त्यसकाे कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांशकाे विशेष प्रस्ताव पारित हुनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे प्रस्ताव पारित गरिनेछ ।
यस्तै अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने लगायतका आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुकक्लोज गर्ने जनाएकाे छ। लाभांशकाे प्राप्ति तथा साधारणा सभामा भाग लिनका लागि सेयरधनीहरूले मंसिर २७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
मितेरी डेभलपमेन्ट बैंककाे १८औँ वार्षिक साधारण सभा पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १ मा पूर्रवान्ह ११ वजे डाकिएकाे छ ।








रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




