
काठमाडाैं, २१ मंसिर । नबिल बैंक लिमिटेडले मंसिर २९ गतेदेखि ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ नामक ऋणपत्र बिक्रीमा ल्याउने भएको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेकाे साे ऋणपत्र निष्काशन गर्ने भएकाे हाे ।
बैंकले रूपैयाँ एक हजार अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेकाे छ । यसमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गर्ने भएकाे छ ।
१ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे । सर्वसाधारणका लागि रहेकाे ऋणपत्रबाट ६० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा २५ कित्ता तथा बढीमा १२ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ। यसका लागि पुस ३ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे अवधिसम्म पूरा आवेदन नपरे पुस १३ गतेसम्म आवेदन दिन पाइनेछ ।
ऋणपत्रमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताेकिएका शाखाहरूबाट आवेदन दिन पाउने छन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
बैंकका अनुसार ऋणपत्रमा आर्जन भएकाे ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि कर कट्टा गरी भुक्तानी हुनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।








रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




