
MONGLA, BANGLADESH - 2021/09/11: A 14 year old school girl Hafsa sits with friends and neighbors while posing for photos on her wedding day at a village named Joymoni from a coastal area from Mongla in Bagerhat district. Bangladesh witnessed a 13% increase in child marriages during the Covid-19 pandemic last year as the deadly virus massively affected societies and economies, pushing many into extreme poverty. The gender justice and diversity department of Brac, the worlds largest NGO, found that child marriage increased by 13% when it conducted a survey to access the impact of the Covid-19 pandemic on women and adolescents in 11 districts across the country last year. This is the highest rate of child marriage in Bangladesh in the last 25 years. (Photo by Sultan Mahmud Mukut/SOPA Images/LightRocket via Getty Images)
ढाका, २१ मङ्सिर । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ। अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्याङ्क देखिएको छ ।
बङ्गलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरू लगायतका कारणले बालविवाह गर्न वाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ । अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको बृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ ।
यस्ता विभिन्न किसिमका कारणहरू सृजित समस्याहरूलाई सम्बोधन गर्न आईआरसीले विकसित स्थितिको मूल्याङ्कन गरिरहेको र जलवायु परिवर्तन र जलवायु-प्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुन सक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन उपलब्ध स्रोत समेत परिचालन गरिरहेको बताएको छ ।
आईआरसी बङ्गलादेशकी निर्देशक हसिना रहमानले भनिन्,-आज बङ्गलादेशमा विहाह योग्य उमेर हुँदै गरेका आधा केटीहरूको १८ वर्ष नपुग्दै विवाह हुने गरेको पाइएको छ भने, २२ प्रतिशत केटीहरूको १५ वर्षको उमेर अघि नै विवाह हुने गरेको पाइएको छ ।
“यद्यपि, खाद्य असुरक्षा र गरिबी, अनियमित वर्षाको ढाँचा, बढ्दो तापक्रम, र बढ्दो आवृत्ति र प्रकोपहरूको तीव्रताको सामना गरिरहेका तटीय क्षेत्रहरूमा बस्ने केटीहरूको लागि यो अवस्था अझ बढी अस्थिर र दर्दनाक छ,” निर्देशकले भनिन्।
यसै बीच आईआरसीले जलवायु परिवर्तन सृजित समस्याहरूलाई सम्बोधन गर्न दिगो कोष स्थापना गर्न र यस जटिल सङ्कटलाई सम्बोधन गर्न सरकार, दाताहरू र गैरसरकारी संस्थाहरूबाट तत्काल सहयोगको लागि आह्वान समेत गरेको छ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




