
कुश्मा, २१ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकार भएपनि काम लाग्ने खालकाे सरकार नभएकाे बताएका छन्। उनले सपार्नुकाे सट्टामा बरू सरकारले काम बिगारिरहेकाे बताए । उत्तरबाट बाटो खोल्यौं । प्रयोग गर्ने आँट गर्दैन । हामीले नक्सा छाप्यौं। कार्यान्वयन गर्न सक्दैन ।
एमालेले बैतडीकाे झुलाघाटबाट सुरू गरेकाे ‘झुलाघाट-चिवाभञ्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत पर्वतकाे कुश्मामा बिहिबार गरिएकाे जनसभामा अध्यक्ष ओलीले भने, बङ्गलादेश जाने बाटो दिए जमिन छोड्छौं भन्छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो । बङ्गलादेश जाने बाटो पाइसकेका छौं । बाङ्लादेश जाने बाटो पाए कालापानी, लिम्पियाधुरा सम्झौता गरेर छोड्दिन सक्छौं भन्ने हिम्मत कहाँबाट आयो ?- एउटासँग लिन्छ । अर्कोले दिन्छु भन्छ-सहयोग लिन आँट गर्न सक्दैन । रकम दिन्छु भन्छ, ५७ अर्ब दिन्छु भनेको छ ।
चीन जाँदा सरकारबाट छुट्टी लिएर व्यापारिक कम्पनीसँग मिलेर बसे । त्यसपछि ३५ क्विन्टल सुन नेपाल आयो । त्यसपछि एक क्विन्टल आयो । एअरपोर्टमा होइन, बाहिरै समातिएको हो । साढे ९ केजी भेप पक्राउ परेको, अहिले दुई केजी छ । १०० केजी सुन आएको अब ६० केजी मात्र छ । अरु कति आयो आयो, आइराख्या छ । सरकार किन चाहियो ? जाजरकोट र रुकुम पश्चिममा जनताका पिडा हेर्न सक्दैन, सुन्दैन । अस्थायी आवास बनाएको, दिएको छैन । हामीले खटाएका स्वयंसेवकले ८२३ घर बनाइदिँदा सरकार पैसा जम्मा गरेर बसेको छ ।
काम तपाईंहरु गर्नुस्, रकम सरकारले दिन्छ भन्न पनि सक्दैन । सरकारको सहयोग नै छैन । जनतालाई सहयोग गर्न नदिने, जे बुझाउने सरकारलाई बुझाउने भनेको थियो । हामीले ५०२ वटा घरबाट भग्नावशेष झिकिदिएका छौं । आउँदा मध्यपहाडीको बाटो हेरेँ । एमालेको पालोमा जे बनेको थियो । त्यसपछि भत्केको ठाउँ टालेको पनि छैन । जनतामा निराशा बनाउने, युवालाई विदेश पठाउने । यहाँका मेडिकल कलेजकाे सिट घटाइदिने, नर्सिङ कलेज खोल्न नदिने, बन्द गर्दिने । यो खालको स्थिति बनाउँछ गठबन्धनको सरकार ।
असफल राष्ट्र घोषित हुन लागेको छ
नेपाल असफल राष्ट्र घोषित हुन लागेको छ । नेपालको अस्तित्व संकटमा पर्न दिनु हुँदैन । यो देशमा नेकपा एमाले छ, यस्ता चिज हुन दिनु हुँदैन । अहिले प्रतिगामी शक्ति छटपट गर्न थालेको देखियो । म भन्न चाहन्छु-राजतन्त्रको सबैभन्दा निरंकुशकालमा संघर्ष गरेर, जेलनेल खपेर अनेक गरेर जनताले राजतन्त्र फ्याँकेका छन् । २०६५ साल फेरि आउँछ र ? त्यो सम्भव छैन । २०६५ साल फर्कन्न । क्रान्तिका नाममा हिंसा फैलाउनेको मैले भन्न पर्दैन । छोरी, ज्वाइँ, नातिनातिना फलेका फुलेका छन्। जनता, घाइते, सहिद, सहिदका परिवार हेरेको छैन।
पहिचानवादको नाममा भ्रममा पार्ने, फाटो पार्ने कोशी प्रदेश नाम राख्दियो, साझा नाम राखियो, पृष्ठभूमिको नाम चाहियो भनेर विदेशबाट संचालित, लोकतन्त्र हुन नदिने, अशान्ति फैलाउने, अरुको स्वार्थ पूर्ति गर्ने तत्व लागिपरेका छन् । प्रदेश १ मा प्रवेश गर्न दिन्नौं भनेका छन् । नेकपा एमाले कहाँ जान पाउने, नपाउने भन्ने हुँदैन । नेपालको जमिन कसैको विर्ता होइन । तोडफोड गर्छु, आक्रमण गर्छु भन्ने आतंककारी कुरा नगरे हुन्छ । यो बुद्धि फेरिहाल । होइन भने सकिन्छौ । कत्राकत्रा क्रान्ति त समाप्त भयो । यस्ता गतिविधि नगर्दा राम्रो हुन्छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




