
काठमाडाैं ,२४ मंसिर। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजी ३,२६,७५,९१,७१६.७१ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम ८५,९८,९२५.५७ काे नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ।
सभाले लाभांश प्रस्ताव पारित सहित आ.व. ०७९/८० को बैकाे वित्तीय विवरण समेत पारित गरी साधारण सभा सम्पन्न गरेकाे बैकका प्रमुख कार्यकारी अधिकृत सुयाेग श्रेष्ठले बताए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १ सय १२ शाखा कार्यालयहरु, ३० एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले बताएका छन ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




