
काठमाडाैं, २८ मंसिर । जागिरकाे खाेजिमा रहेकाहरूकाे लागि प्रतिष्पर्धाबाट जािगर खाने माैका आएकाे छ । लोकसेवा आयोगले एकैपटक ३८१ जना अधिकृतका लागि दरखास्त आह्वान गरेपछि याे माैका जुरेकाे हाे ।
आयोगले सूचना प्रकाशित गरेर २७३ जना अधिकृतहरूकाे नियुक्तकाे लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेकाे छ ।
यस्तै निजामतीतर्फ सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह)तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरिएकाे छ ।
आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट आन्तरिक बढुवाका लागि निजामती सेवामा १०६ जना मागेकाे छ । मानवअधिकार सेवातर्फ २ जनाको बढुवा गरिने भएकाे छ ।
आयोगले माग गरेका साे पदमा दरखास्त दिने अवधि पुस १७ गतेसम्म रहेकाे छ । साे अवधिसम्म दरखास्त दिन नभ्याउनेले दाेब्बर दस्तुर तिरेर पुस २४ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदन अनलाइनबाट दिन सकिनेछ ।
लोकसेवा आयोगले प्रकाशन गरेकाे सूचना यहाँ छ









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




