नबिल र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ मंसिर । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे ति बैंकले जनाएका छन्।

साधारण सभा प्रयोजनको लागि दुबै बैंकले शुक्रबार अर्थात मंसिर २९ बुक क्लोज गर्ने बताएका छन् । शेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउनका लागि आज नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

नबिल बैंक

नबिल बैंकले सेयरधनीहरूलाई गएकाे आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश दिने भएकाे छ । बैंकले साे लाभांश अनुमाेदन गर्नका लागि पुस १२ गते साधारण सभा बाेलाएकाे छ । सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ ।

नेपाल एसबीआई बैंक 

नेपाल एसबीआई बैंकले गएकाे आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ३.७५% बोनस सेयर वितरण गर्ने भएकाे छ । साथै कर प्रयाेजनका लागि ६.८० प्रतिशत नगद लाभांशसहित १०.५५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

बैंकले घाेषित लाभांश पारित गर्नका लागि पुस १३ गते साधारण सभा डाकेकाे छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा पूर्वान्ह ११ बजेदेखि डाकिएकाे छ ।