
ब्रसेल्स, २९ मङ्सिर । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युक्रेनका लागि युरोपेली युनियन (इयु) को ५० अर्ब युरो सहयोगलाई रोकेका छन् । यद्यपि नेताहरू उनको विरोधलाई किनारा लगाउँदै किएभलाई इयु गठबन्धनमा समावेश गर्ने सम्बन्धमा छलफल सुरु गर्न सहमत भएका छन् ।
हङ्गेरीका अधिनायकवादी नेता ओर्बानले आगामी चार वर्षमा युक्रेन सरकारलाई वित्तीय सहयोग गर्न अस्वीकार गरेपछि ब्रसेल्समा सङ्कटपूर्ण शिखर सम्मेलन एक दिनको झगडापछि भङ्ग भयो । ओर्बानले सामाजिक सञ्जालमा लेखे कि, “नाइटसिफ्टको सारांश : युक्रेनलाई अतिरिक्त पैसाका लागि भिटो ।” इयुका अन्य २६ नेता किएभलाई अत्यन्त आवश्यक समर्थनमा सम्झौतालाई अगाडि बढाउने प्रयास गर्न आगामी वर्षको सुरुमा नयाँ बैठकमा बहसमा फर्कन सहमत भएका छन् ।
“२६ देशसँग हामी सहमत छौँ, अहिले हङ्गेरीबाट कुनै सम्झौता भएको छैन तर म आगामी वर्षका लागि धेरै विश्वस्त छु”, डच प्रधानमन्त्री मार्क रुटेले भने। सदस्यता वार्ता सुरु गर्नका लागि सहमत हुने इयुको प्रतीकात्मक कदमलाई लिएर खुशीयाली मनाएको बेला वित्तीय सहयोगका लागि इयुमा रुसको सबैभन्दा असल मित्र तथा हङ्गेरीका राष्ट्रवादी नेता ओर्बानको अवरोधले किएभ र उसका समर्थकहरूलाई चोट पुर्याएको छ ।
अमेरिकाको सहयोगमाथि आशङ्का बढिरहेको बेला किएभले तत्काल उसका पश्चिमी सहयोगीहरूबाट सहयोग कम हुँदै गएको बताएको छ । ओर्बनले पनि छलफल सुरु गर्न विरोध गरेका थिए तर इुयुका अन्य नेताहरूलाई आफूबिना सर्वसम्मतिले निर्णय लिन अनुमति दिन वार्ता कक्षबाट बाहिर निस्किन उनी सहमत भए । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा अनुभवी नेताले ‘पूर्णरूपमा मूर्खतापूर्ण, तर्कहीन र गलत निर्णय’ को भर्त्सना गर्दै ‘अन्य २६ देशले उक्त निर्णय लिन आग्रह गरेको’ गुनासो गरे ।
एउटा महत्त्वपूर्ण क्षणका रूपमा माल्दोभासँग सम्मिलित वार्ता सुरु गर्न सहमति समावेश भएको कदमको अन्य युरोपली नेताहरूले स्वागत गरेका छन् । इस्टोनियाका प्रधानमन्त्री काजा कालासले लेख्नुभएको छ, “ऐतिहासिक दिन ! सबै अवरोधविरुद्ध हामीले निर्णय हासिल गर्यौँ ।” अत्यन्त सन्तुलित शिखर सम्मेलनमा सहभागी नभएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त निर्णयप्रति भने, “उत्प्रेरित, प्रेरणा र मजबुत बनाउने विजय ।”
माल्दोभाका राष्ट्रपति माइया सान्डुले भने, “मेरो देशले इयुमा सम्मिलित वार्ताका लागि अगाडि बढेसँगै आज नयाँ पृष्ठ बदलेको छ, माल्दोभा चुनौतीको सामना गर्न तयार छ ।” युक्रेनको समर्थनमा अमेरिकी रिपब्लिकनहरूको विरोधको सामना गरिरहेको ह्वाइट हाउसले ‘ऐतिहासिक निर्णय’ को स्वागत गरेको छ । किएभसँग सदस्यता वार्ता सुरु गर्ने सम्झौताको अर्थ युक्रेन चाँडै इयुमा सामेल हुनेछ भन्ने होइन ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




