
काठमाडाैं, ३० मंसिर । नबिल सेक्युरिटिजकाे नाममा संचालनमा आएकाे नबिल बैंककाे नबिल स्टक डिलरकाे औपचारिक रूपमा उद्घाटन गरिएकाे छ ।
गएकाे भदाै २० गतेदेखि नबिल सेक्युरिटिजकाे नाममा ब्राेकर सेवा दिइरहेकाेमा अब नाम परिवर्तन गरेर नबिल स्टक डिलरकाे नामबाट काराेबार हुने भएकाे छ ।
प्रमुख कार्यकारी अधिकृत शुरेश देवकाेटाले छिट्टै लगानीकर्तालाई मार्जिन ल्याण्डिङकाे सेवा दिने बताए । उनले ब्राेकरेज सेवा, पाेर्टफाेलियाे म्यानेजमेण्ट, अन्डरराइटिङ लगायतका सेवाहरू प्रदान गरिने बताएका छन् । उनले नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने प्रतिबद्दता ब्यक्त गरे ।
स्टक डिलरका अध्यक्ष निरज गिरीले आफूहरूले भइरहेकाे ग्राहक तान्ने भन्दा पनि नयाँ ग्राहककाे खाेजी गर्ने बताए । उनले भने, ‘नबिल डिलरले नयाँ प्रडक्टका साथ नयाँ ग्राहक तान्ने याेजना बनाइरहेकाे छ ।’
साे अवसरमा नबिल बैकका अध्यक्ष उपेन्द्र पाैडेलले डिलरले नाफा कमाउन मात्रै काम नगर्ने र सेवामा गुणस्तरमा ध्यान दिने बताए । उनले नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नबिल स्टक डिलरले ७७ नम्वरबाट ब्राेकरेज सेवा दिन थालेकाे हाे ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




