
काठमाडौ, १ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश पारित गर्नका लागि पुस १७ गते वार्षिक साधारण सभा बाेलाएकाे छ ।
कम्पनीको गत मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले यहि पुस १७ गते साधारण सभा डाक्ने निर्णय गरेको हो । बैंककाे साधारण सभा बत्तिसपुतली, काठमाडौंकाे अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवटमा बिहान ९ बजे बाेलाइएकाे छ ।
सभामा ४.२१०५ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पेश गरिने भएकाे छ । साधारण सभा प्रयोजनका लागि पुस ६ गते बुक क्लोज गरिने भएकाे छ । यसका लागि लगानीकर्ताहरूले पुस ५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्रै लाभांश पाउनका लागि याेग्य हुनेछन् ।
साधारण सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरिनेछ । साथै सभाबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेन्डामाथि छलफल गरी पारित गरिने भएकाे छ ।
सभाले बैंकको प्रबन्धपत्र संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नुका साथै संस्थापक समूहबाट ३ जना सञ्चालकहरू चयन गरिनेछ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




